गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु, तीन घाइते

बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ झौलेकमा गुडिरहेको सुप.प्र.२००१ ख ११५६ बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको हो ।

बसमा ढुंगा खस्दा बझाङको थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । बस महेन्द्रनगरबाट बझाङका लागि छुटेको थियो । मंगलबार बिहान साढे दुईबजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे–बझाङ सडकखण्डको झौलेकमा बसमा सडकमाथिबाट ढुंगा खसेको हो ।

ढुंगा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताउनुभयो । घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका–११ का ४० बर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय माधव भट्ट रहेका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार