एमाले सांसद्को नाराबाजीबीच विनियोजन विधेयक स्वीकृत

काठमाडौँ । एमाले सांसद्हरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिनुभएको थियो ।

सभामुखले दिएको समयमा नेमकिपाका सांंसद् प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जबाफ दिनुभएको थियो । जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभयो। बहुमत सांसद्ले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गर्नुभयो ।विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार