
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई साथ दिनेहरु दिनहुँ माओवादीबाट अलग भइरहेको बताउनुभएको छ।
मंगलबार गृहजिल्ला झापामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।“प्रचण्डजीले सही कुरा मुखबाट प्वाक्क निकाल्नुभएछ । हामीले त वडामा पनि जित्न हम्महम्मे पर्ला जस्तो हुन्छ पो भन्नुभएछ । उहाँले चुनावअघि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो,” ओलीले भन्नुभयो । उहाँले माधवकुमार नेपालको पार्टीले चुनावमा वडा सदस्यसमेत नजित्ने बताउनुभयो ।
“माधव नेपालले वडा त के, वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले भोट हाल्छन् अब ? किन हाल्ने, एमाले फुटाएको हुनाले ? एमाले टुक्रयाएको हुनाले रु चोइट्याएको हुनाले ? के कारणले माधव नेपाललाई भोट हाल्ने ?,” ओलीको प्रश्न थियो । माधव नेपालले अर्को पार्टी बनाउनका लागि पार्टी विभाजन नगरेको बताउनुभयो । उहाँले एमाले फुटाउन मात्रै खोजेको ओलीको भनाइ थियो । नागरिक खबरबाट