नेकपा (समाजवादी) नामक नयाँ दल दर्ता

काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता भएको छ । उक्त पार्टीलाई निर्वाचन आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र समेत दिएको छ ।

आयोगले उक्त दललाई भदौ २८ गतेको निर्णयअनुसार दल दर्ताको प्रमाणपत्र दिएको हो । उक्त पार्टीको आयोगमा दर्ता नम्बर १७० रहेको छ । उक्त पार्टीको निर्वाचन चिन्ह कार रहेको आयोगले जनाएको छ । सो दलको केन्द्रीय कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ रहेको उल्लेख छ ।

रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार