
गुल्मी । नेकपा एमालेका नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले आज गृहजिल्लामा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दैछन् ।नेताद्वय ज्ञवाली र विष्टले दिउँसो साढे १ बजे सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका हुन् ।
कार्यक्रमलाई दुवै नेताले सम्बोधन गर्ने नेकपा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार दुबै नेताहरु सदरमुकाम तम्घास आइपुगेका छन् । रातोपाटीबाट