
काठमाडौं । नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष युवा नेता जीत जंग बस्नेतले नेपाली कांग्रेस केन्द्रीय समितिको केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा गर्नुभएको छ। बस्नेतले सामाजिक सञ्जालमार्फत १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको हो।
‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रको महाधिवेशनमा केन्द्रीय समितिको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्दछु’,बस्नेतले भन्नुभयो ।बस्नेतले पार्टीमा युवा सहभागीता बढाउन र पार्टीलाई विधि संगत रुपमा अगाडी बढाउन पनि आफुले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेको बताउनुभयो।
कांग्रेसले राष्ट्र, राष्ट्रियता, संघीयता, वाक स्वतन्त्रता, लोकतन्त्र, संविधान जस्ता मुलुक र जनतासँग जोडिएका विषयमा प्रष्ट धारणा बनाएर निरंकुशता, सामान्तवाद विरुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष बस्नेतको भनाई छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।