बुद्धभूमि नेपालले असोज ११ गतेदेखि आईपीओ जारी गर्दै

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेकोमा दोस्रो चरणका लागि सर्वसाधारणमा कुल ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

आईपीओ प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका रहेका छन् । कम्पनीले कुल ८ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणमा जारी गर्ने जनाएको छ ।

इच्छुक आवेदकले छिटोमा सेयर खुल्ला भएको मितिले चार दिन अर्थात् असोज १४ गतेसम्म र ढिलामा असोज २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार