आगलागीबाट घाइते भएकी गुरूङको पाँच दिनपछि हेलिकप्टरमार्फत् उद्धार

काठमाडौँ । आगलागीमा परेर घाइते भएकी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी गर्बी गुरूङको उद्धार गरिएको छ। गत असोज १ गते बाख्राको खोरमा आगलागी हुँदा उनी पनि जलेर घाइते भएकी थिइन्।

आगलागीले बाख्राका खोरसँगै उनको घरमा पनि क्षति पुर्‍याएको थियो। सुतिरहेकी गुरूङ आगलागीमा परेकी थिइन्। उनका १३ वटा बाख्र पनि जलेर मरेका थिए।आगलागीमा परेर घाइते भएकी उनको आर्थिक अभावले गर्दा उपचार गर्न र उद्धारमा ढिलाइ भएको थियो । आज फिस्टेल एअरको हेलिकप्टरमार्फत् उनको उद्धार गरिएको छ।

उनलाई उद्धार गरी काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको गोरखाका धावा ग्याल्जेन लामाले बताए। लामाकै संयोजनमा उनको उद्धार गरिएको हो। हेलिकप्टर भाडा भने सुनिश्चित भइसकेको छ।उनको उपचारमा आर्थिक सहयोग गरिदिन उनको परिवारले आग्रह गरेका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार