सत्तारुढ कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । पार्टीको  १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय पदाधिकारी बैठक बोलाएको हो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आज दिउँसो ३ः०० बजे बैठक बस्ने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

यसअघि मङ्गलबार सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा कांग्रेस नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो ।आजको पदाधिकारी बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ । यसैगरी कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाका अधिवेशनको नयाँ मितिका बारेमा पनि आजको बैठकले निर्णय गर्ने बताइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार