
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आजसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाइ भएको मन्त्रिपरिषद्लाई पूर्णता दिने काम बिहीबारसम्म भइसक्ने बताउनुभएको हो ।
पार्टी अध्यक्षले वर्तामान राजनीतिक परिस्थितिको बारेमा पार्टीमा रिर्पोटिङ गर्दै बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने बताएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । नागरिक खबरबाट