
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको छ । उनीसँगै जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको बताइएको छ । बिहीबार बिहान एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकले पदाधिकारी चयन गरेको हो ।
अब यी नामलाई जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ । त्यस्तै, उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् भने महासचिवमा डा.बेदुराम भुसाल र उपमहासचिवमा डा.विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् । त्यस्तै, वरिष्ठ नेतामा झलनाथ खनाल छन् । नागरिक खबरबाट