देशलाई फाइदा भए हामी डुब्न तयार छौँ : किरण शाख

काठमाडौँ । सरकारले यही भदौ २५ गते प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनलाई पूर्ण भन्सार छुट दिँदै एमएस बिलेटको भन्सारदर भने बढाएको छ । सरकारले यसबाट व्यापार घाटा न्यूनीकरण र स्वदेशी उत्पादन प्रोत्सहन हुने बताए पनि एमएस बिलेटबाट फलामे छड उत्पादन गर्दै आइरहेका उद्योगीहरूले यसको चर्को विरोध गरेका छन् । सरकारले गरेको यस्तो व्यवस्थालाई रोलिङ मिल एसोसिएशनका उपाध्यक्ष किरण शाखले यसरी लिएका छन्ः–

रोलिङ मिल एशोसिएशनका उपाध्यक्ष किरण शाखले प्रतिस्थापन विधेयकमार्फत् नेपालमा आयात हुने स्टिल बिलेटमा अन्तःशूल्क बढाइएको भन्दै सरकारले उक्त निर्णय फिर्ता गर्नुपर्ने बताउनुभएको छ । उपाध्यक्ष शाखले प्रतिस्थापन विधेयकमार्फत् नेपालमा आउने स्टिल बिलेटमा बढाइएको अन्तःशूल्कको निर्णय सरकारले फिर्ता गर्नुपर्ने बताउनुभएको हो । उहाँले ६ वटा उद्योगलाई हेरेर सरकारले २४ वटा उद्योगलाई बन्द गराउन लागेको आरोप समेत लगाउनुभयो ।

निर्णय फिर्ता नगर्दा देशलाई फाइदा पुग्ने भए आफूहरू विस्थापित हुन तयार रहेको बताउँदै उपाध्यक्ष शाखले थोरै कम्पनीहरूलाई पोसाउन सरकारले ल्याएको नियम भएको बताउनुभयो । सरकारले वार्ता गरे आफूहरू जुन कुनै बेला पनि जान तयार रहेको उहाँको भनाई छ । उपाध्यक्ष शाखले भन्नुभयो, ‘निर्णय फिर्ता गर्नुपर्यो, निर्णय फिर्ता नगर्नाले फाइदा छ भने हामी मर्न तयार छौँ, हाम्रो लगानी डुबोस । तर, बताइदिनुपर्यो कि तिमीहरूले गरेको काम भन्दा यो गर्दा देशलाई फाइदा हुन्छ ।’

अहिले ६ वटा उद्योगले जुन ब्याकवाड इन्टिग्रेशन गरेको छ, सरकारले भन्दैमा भोलिदेखि अरूले गर्ने हो र पैसा हुँदैमा ? पैसा हुँदैमा फिजिबिलिटी गर्न गर्नुपर्छ, जग्गा लिनुपर्छ,मिसिन किन्नुपर्छ, फिट गर्नुपर्छ, यो सबै प्रक्रिया गर्न २ वर्ष मिनिमम पनि लाग्छ, कसैले पनि प्लान गरेको अवस्थामा,यस्तो चिजलाई भोलिदेखि गर भनेर हुन्छ ?’ उहाँले भन्नुभयो ।

उनले अहिले भइरहेका उद्योगहरूले शतप्रतिशत नै आपूर्ति गर्न अझै ३/४ वर्षको समय लाग्ने बताए । उपाध्यक्ष शाखले अहिले भइरहेको क्षमताबाट ३० प्रतिशत मात्रै डन्डी र छडको उत्पादन गर्न सक्ने बताउनुभयो । उहाँले अहिले ६ वटा उद्योगको फाइदाका लागि काम ग¥यो भने जनतालाई र उपभोक्तालाई फाइदा नपुग्ने उल्लेख गर्नुभयो । उपाध्यक्ष शाखले अहिले खपत भइरहेको जति विद्युत पनि खपत नहुने पनि दाबी गर्नुभयो । उहाँले यो निर्णयले देशको अर्थतन्त्रलाई पनि हल्लाउने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आपूर्तिको कुरा गर्ने हो भने आपूर्ति यसले अहिले तुरुन्तै गर्न सक्दैन, १०० प्रतिशत आपूर्ति गर्ने हो भने अझै ३/४ वर्ष लाग्छ, अहिले भएको क्यापासिटीअनुसार आपूर्ति हुने भनेको ३० प्रतिशत मात्रै हो ।’ तर, अहिले २४ वटालाई विस्थापन गरी उनीहरूले कब्जा गर्यो भने बजारमा एकाधिकार हुने शाखले बताउनुभयो ।

सरकारले बिलेटमा भन्सार बढाएर स्पञ्ज आइरनमा छुट दिँदा देशले फाइदा लिन नसक्ने शाखको भनाई छ । यस्तै, राजश्व आम्दानीको हिसाबले पनि सरकारलाई भन्सार छुटको नीतिले घाटा नै हुने शाखले बताउनुभयो।स्पञ्ज आइरन खपत गर्दा अलि बढी विद्युत खपत भएपनि समग्रमा विद्युतको खपत घट्ने शाखले बताउनुभयो । ६ वटा उद्योगले विद्युत खपत बढाएपनि २४ वटा उद्योगले खपत गर्दै आएको विद्युत शून्यमा झर्छ ।

उपाध्यक्ष शाखले कुनै पनि सरकार आउँदा पहिला उद्योगहरूको हक र हीतमा हुनेगरी निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले २४ उद्योगको लगानी करिव १०० अर्बको भएको बताउँदै सरकार स्टील उद्योग डब्दा देशलाई ठूलो क्षति हुने बताउनुभयो । उहाँले प्रतिस्थापन विधेयकले यति धेरै लगानी भएको इण्डस्ट्रीलाई डुबाउन लागेको बताउनुभयो । उहाँले पत्रु र स्पञ्ज आइरन पगालेर बनाउनेहरूले हिजोको दिनमा प्रतिकेजी २ रुपैयाँ फाइदा उठाइरहेको भन्दै प्रतिस्थापन विधेयकबाट आएको कुरामा अन्य ६ उद्योगसँग प्रतिष्पर्धा गर्न नसक्ने बताउनुभयो ।

उहाँले सरकारले सञ्चालनमा रहेका २४ उद्योगहरूको बिरुद्धमा ल्याइएको प्रतिस्थापन विधेयकको निर्णय फिर्ता नगरे धेरै राजस्वमा नकारात्मक क्षति हुने उल्लेख गर्नुभयो। ‘देशको लगानीमा बैंक, बैंकको लगानीमा जनताले लगानी गरिरहेको हुन्छ, यो सानो उद्योग होइन, यो २४ वटा उद्योगको लगानीको हिसाव गर्ने हो भने करिव १ खर्ब लगानी भएको क्षेत्र हो,’ उपाध्यक्ष शाखले भन्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार