असोज ११ गते सम्मको लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक असोज ११ गते (सोमबार) बस्ने भएको छ ।जारी नवौं अधिवेशनअन्तर्गत बिहीबारको बैठक बजेटसम्बन्धी २ वटा विधेयक पारित भएपछि स्थगित भएको हो ।

आजको वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बिहीबार पनि बैठक सुरु भएदेखि नै नाराबाजी गरेका थिए । एमाले सांसदहरुको नाराबाजीकै बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बिहीबारको बैठकबाट पारित भएका छन् ।

विधेयकहरु पारित भएपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक असोज ११ गते ९सोमबार० दिनक २ बजे बस्ने गरी बिहीबारको बैठक स्थगित भएको घोषणा गरेका हुन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार