
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्नुभएको छ ।
गएराति आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२१ को अप्रिलसम्म ८० प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने बताउनुभएके छ । देउवाले कोभिड–१९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा आयोजना गरेको सो भर्चुअल सम्मेलनमा विभिन्न देशका नेताहरुले सम्बोधन गरेका थिए । शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६औँ सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्दै छन् । नागरिक खबरबाट