पोखरामा दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने !

पोखरा । पोखरा महानगरपालिकाभित्र कुकुर पाल्नका लागि दर्ता गर्नुपर्ने भएको छ । महानगरले बिहीबारबाट पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको हो ।

कुकुर पाल्ने तर पछि छाडा छाड्ने र सार्वजनिक ठाउँमै दिसापिसाब गराउँदै हिँड्दा वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो । उहाँले कुकुर पालन दर्ता प्रक्रियाले रेबिजविरुद्धको खोप कार्यक्रमलाई पनि सहज पुग्ने दाबी गर्नुभयो ।

‘कुकुर पालेर खुला बाटोमै दिसापिसाब गराउँदै हिँड्नाले वातावरणमात्रै होइन, मानव स्वास्थ्यमा पनि असर प¥यो,’ उपप्रमुख गुरुङले भन्नुभयो, ‘सबै कुकुर महानगरमा दर्ता भएपछि रेबिजविरुद्धको खोप लगाउन पनि सजिलो हुन्छ । सहर पनि सफा हुन्छ ।’उपप्रमुख गुरुङले कुकुर दर्ता गर्नाले सडकमा छाडा कुकुरको कमी हुने र छाडे कारबाही गर्न पनि सजिलो हुने दाबी गर्नुभयो ।

दर्ता प्रक्रियासँगै कुकुरलाई ट्याग (चिन्ह) दिइनेछ । जसका कारण कुकुर धनी पहिचान गर्न सजिलो हुने महानगरको भनाइ छ ।दर्ता भएका कुकुरको विवरण अद्यावधिक गर्न पशु महाशाखाले ताकेता गर्ने र नियमित निगरानीमा राखिने महानगरले जनाएको छ । पोखरा महानगरपालिकाले कुकुर सडकमा छाडा छोड्ने धनीलाई ५ देखि १५ हजारसम्म जरिवाना गर्दै आएको छ । dhorpatannewsबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार