आज साहस उर्जाको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौँ । असोज ६ गतेदेखि बिक्री खुला भएको साहस उर्जाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री खुलाएको थियो ।

तर, गत साताको शुक्रबारसम्ममा आईपीओमा करिब १८ लाख जनाको आवेदन परिसकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ । उर्जाको आईपीओमा सर्वसाधारणले १० कित्तादेखि १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हाल सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोसी जलविद्युत आयोजना बनाइरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार