एमालेमा बन्यो शक्तिशाली ३ आयोग

काठमाडौँ । एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ । तीन दिनदेखि जारी प्रथम विधान अधिवेशनले तीनवटा आयोगलाई भने शक्तिशाली बनाएको हो । अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन् ।

यी आयोग केन्द्रमा मात्र रहनेछन् । यी आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्तरदायी रहने बनाइएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । लेखा परीक्षण आयोगको नाम संशोधन गर्दै लेखा आयोग बनाइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार