बिग्रिएका मान्छेहरू बाहिरिए, सप्रिएका यहीँ छन् : ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताहरूलाई संकेत गर्दै बिग्रेका मान्छेहरू पार्टीबाट बाहिरिएको बताउनुभएको छ ।

आइतबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भइरहेको एमालेको प्रथम विधान महाधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले सप्रिएकाहरू अहिले पनि एमालेमै रहेको तर्क गर्नुभयो। ‘यो पार्टी काम लाग्दैन भनेर केहीले नयाँ पार्टी दर्ता गर्नुभएको छ।

यसलाई सक्नपर्छ र नयाँ बनाउन पर्छ भनिएको छ,’ ‌ओलीले भन्नुभयो,‘कतिपय कारणले अलमलमा परेका भ्रममा परेका तानेर लगिएकालाई फर्काउन हामी पनि प्रयास गर्छौं, तपाईंहरू पनि स्पष्ट हुनुस्।’ उहाँले आफ्नो सरकारका पालामा ओम्नी प्रकरणलाई उछालेर बदनाम गर्न खोजिएको आरोपसमेत लगाउनुभयो।

‘त्यस्तो महामारीमा स्वास्थ्य सामग्री ल्याइयो। अनि भन्छन्, ओम्नी ओम्नी। मैले पटक पटक अख्तियारलाई छानबिन गर्नुस् भनेको हो। तर जनतासामु हामीलाई बदनामी गर्न खोजियो, ’ ‌ओलीले भन्नुभयो। तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै उहाँले उचाइमा पुर्‍याएको आन्दोलनमा केही कुण्ठाग्रस्त व्यक्तिले बञ्चरो प्रहार गरेको बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार