अखिल (क्रान्तिकारी) को महासचिवमा दिपेश पुन

काठमाडौं । अखिल (क्रान्तिकारी)को महासचिवमा उपाध्यक्ष दिपेश पुन चयन हुनुभएको छ। अखिल क्रान्तिकारीको काठमाडौंमा सम्पन्न २२औं सम्मेलनबाट पुन महासचिवमा चयन हुनुभएको हो । उहाँ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।

पुन २०४५ वैशाख १० गते रोल्पाको परिवर्तन गाउँपालिका २ राङ्सीमा जन्मिनुभएको हो । उहाँ उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका पुत्र हुनुहुन्छ । संगठन, व्यवस्थापन र राजनीतिक वैचारिक रुपमा कुशल मानिने पुन बाल्यकालदेखि नै जनयुद्धमा सक्रिय हुनुहुन्थ्यो ।

अध्यक्षमा दावी गर्नुभएको पुनले अध्यक्ष नपाए संगठन नै छाड्ने बताउँदै आउनुभएके थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठनलाई सशक्त बनाउनका लागि महासचिवको जिम्मेवारीमा रहेर काम गर्न भन्दै महासचिवमा सिफारिस गरेपछि पुन महासचिव हुनुभएको हो ।

सम्मेलनले यसअघि नै अध्यक्षमा पञ्चा सिंह चयन भइसक्नुभएको छ । अध्यक्षमा सिंह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा नियुक्त हुनुभएके थियो । अन्य पदहरूमा विद्यार्थी फेक्सन ईन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङ लगायतले टुंग्याउनुभक्एो थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार