श्रीलंका विरुद्ध नेपालको एक गोलको अग्रता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध १–० को अग्रता लिएको छ । सुमन लामाको गोलमा नेपाल अघि बढेको हो ।खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो ।

नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । खेलको १९ औं मिनेटमा डिलन डे सिल्भाले एकल प्रयासमा निकालेको आक्रमणले राम्रो फिनिस पाउन सकेन । उहाँले बायाँ विंगमा गौतम श्रेष्ठलाई सहजै बिट गर्दै बढाएको आक्रमणको अन्तिम क्रस बाहिरिएको थियो ।

२४ औं मिनेटमा डिलनकै पेनाल्टी क्षेत्र बाहिरको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । खेलको ३० औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लियो । नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार