प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिँदैहुनुहुन्छ। सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

जसपा फुटेर लोकतान्त्रिक समाजवादी पनि गठन भइसकेको छ । विश्वासको मत लिन आज बिहान ११ बजे प्रदेश सभाको बैठक डाकिएको छ । प्रदेश २ मा कुल १०७ सांसद थिए । तर, माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि अब १०४ सांसद रहेका छन् ।

जसमा सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका आठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद रहेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार