
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी)खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौँको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका हुन् ।राष्ट्रिय झन्डासहित प्रदर्शनमा आएका सहभागीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए ।
प्रदर्शनमा सहभागीहरुले एमसीसी परियोजना खारेज गर, एमसीसी सम्झौता चाहिँदैनलगायतका नारा लगाएका थिए ।यसअघि बुधबार परराष्ट्रमन्त्री डा.नारायण खड्काले संसदीय समितिमा राष्ट्रिय सहमति र मुलुकको हितमा रहेमात्रै एमसीसीलाई अघि बढाउने बताएका थिए । नागरिक खबरबाट