थप ७६० जनामा कोरोना संक्रमण, ११ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ८ सय ९९ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ७५ हजार ७२ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ४० रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार