बिहीबार एमाले स्थायी कमिटी बैठक बस्ने

काठमाडौं । बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल हुने बताइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार