सिरियामा सैनिक बसमा बम बिस्फोट:कम्तीमा १३ जनाको मृत्यु

दमास्कस । सिरियामा सैनिक बसमाथि आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। राजधानी दमास्कसमा सैनिक बसमाथि आक्रमण हुँदा उनीहरूको मृत्यु भएको हो।

साना न्युज एजेन्सीका अनुसार बुधबार बिहान दमास्कसको जिसर–अल रइस पुलमुनिबाट जाँदै गर्दा आतंककारी हमला भएको थियो । आक्रमणमा ज्यान गुमाउने सबै सैनिक अधिकारी भएको समाचार संस्था रोयटर्सले जनाएको छ। तीन जना घाइते भएका छन्। बम बिस्फोट भएको ठाउँको भिडिओसमेत बाहिरिएको थियो। जसमा बस जलिरहेको देखिन्छ।

बसमा दुई वटा बम बिस्फोट भएको थियो। घटनास्थलमा फेला परेको अर्को बम निष्क्रिय पारिएको थियो।संयुक्त राष्ट्र संघका अनुसार दशक अघिदेखि सुरू भएको गृहयुद्धमा कम्तीमा पनि तीन लाख ५० हजार मानिस मारिइसकेका छन्।सिरियामा लामो समयदेखि गृहयुद्ध जारी छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार