थप ६६२ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय २६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ सय ५८ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ८४ हजार १ सय ५५ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ७९ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार