अमेरिकामा मोडर्ना र जोन्सेन खोपलाई बुस्टर डोजको अनुमति

काठमाडौँ । अमेरिकाको ‘यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ (एफडीए) ले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरिरहेका मोडर्ना र जोन्सन एण्ड जोन्सनले बनाएको बुस्टर डोजलाई पनि मान्यता दिएको छ ।

बुधबार विज्ञप्ती जारी गर्दै एफडीएले ३ वटा मान्यताप्राप्त कोभिड खोपलाई पनि मिसाएर बुस्टर डोजका रुपमा लगाउन सकिने बताएको छ । नेसनल हेल्थ इन्स्टिच्युटको एक अध्ययनले यसरी ुमिक्स म्याचु गरेर बुस्टर खोप दिँदा प्रतिरक्षा प्रणाली बलियो हुने देखिको दाबी गरेसँगै एफडीएले अनुमति दिएको हो ।

‘महामारी निरन्तर रहेसँगै देशहरु प्रभावित बन्न पुगेका छन् । विज्ञानले कोभिड-१९ बाट बच्न खोप सुरक्षित र प्रभावकारी माध्यम रहेको देखाएको छ । खोपले अस्तपाल भर्ना र मृत्युको जोखिम कम गर्छ,’ एफडीएका निमित्त कमिसनर डा। जनेट वुडककले भनेका छन्, ‘उपलब्ध तथ्यांकहरुले पूर्ण मात्राको खोप लगाएका केही जनसंख्यामा प्रतिरक्षा कम हुने देखाउँछन् । यी बुस्टर खोपले कोभिड-१९ रोगविरुद्ध निरन्तर सुरक्षा प्रदान गर्नकालागि महत्त्वपूर्ण छन् ।’

एफडीएको अनुमतिलाई यूएस सेन्टर फोर डिजिज कन्ट्रोलले विचार गरेपछि सर्वसाधारणहरुले मोडर्ना र जान्सेन खोपको बुस्टर डोज पाउनेछन् । यसका लागि सीडीसीको खोप अभ्याससँग सम्बन्धित सल्लाहकार समितिको बैठकसमेत बसिसकेको छ ।

एफडीएले ६ महिनाअघि पूर्ण मात्राका खोप लगाएका १८ वर्ष नाघेका र ६५ वर्ष पुगेका र जो कोरोना भाइरसको उच्च जोखिममा छन् उनीहरुलाई मोडर्नाको हाफ डोज बुस्टरका रुपमा आपतकालिन प्रयोग अनुमति दिएको थियो । त्यसैगरी जोन्सेन एन्ड जोन्सेनको हकमा २ महिनाअघि खोप प्राप्त गरेका १८ वर्ष माथिका जो कोहीले पनि जोन्सेनको बुस्टर डोज खोप प्राप्त गर्ने अनुमति दिइएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार