
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाको बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षण गर्दैहुनुहुन्छ । प्राकृतिक प्रकोपबाट भएको क्षतिको निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार कैलाली र बर्दियाका प्रभावित क्षेत्रको भ्रमण गर्ने र पीडितलाई भेट्नेहुनुभएको हो ।
उहाँले बिहीबार डोटी, बैतडी, बझाङ र डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीले शुक्रबार कैलाली र बर्दियाको निरीक्षण भ्रमण गर्नुहुनेछ ।
निरीक्षण सकेर प्रधानमन्त्री देउवा नेतृत्वको टोली दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ । टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् । रातोपाटीबाट