मुख्यमन्त्रीमा आलोपालो हुनुपर्छ : राजीव कोइराला

विराटनगर । प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताउनुभएको हो । आइतबार विश्वासको मतका लागि सभामुखले प्रदेशसभा बैठक बोलाउनुभएको छ ।

फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक रोक्न निवेदन दिएको छ । एमालेले पनि कात्तिक १५ गतेसम्म बैठक रोक्न आग्रह गरेको छ । संसदमा निवेदनपछि कांगेसको संसदीय दलको बैठक बस्दैछ । बैठकअघि संसदीय दलका नेता कोइरालाले बागमती र प्रदेश १ मा छुट्टाछुट्टै नियम लागू नहुने बताउनुभयो। अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार