
काठमाडौँ । प्रदेश १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित गरिएको हो ।
प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले कार्तिक १५ गते दिउँसो १२ः३० गते बस्ने गरी आइतबारको बैठक स्थगित गर्नुभएको हो । प्रदेश १ प्रदेशसभा सचिवालयका प्रवक्ता चमिला भट्टराईले आइतबार बस्ने भनिएको बैठक १५ गते बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो। सभामुख भण्डारीले सर्वदलीय बैठक आह्वान गरी दलहरुसँग छलफल गरेर बैठक स्थगित गर्ने निर्णय गर्नुभएको हो ।त्यसअघि नेपाली काँग्रेस र नेकपा एमालेले आइतबार बस्ने प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए । रातोपाटीबाट