न्यायाधीशहरूको बैठक : प्रधानन्यायाधीशलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकमा सहभागी स्रोतले रातोपाटीलाई दिएको जानकारीअनुसार न्यायाधीशहरूले भोलि ११ः३० बजे प्रधानन्यायाधीश जबरालाई भेटेर सो कुरा राख्ने तयारी हुन् ।

‘मंगलबार ११ः३० बजे प्रधानन्यायाधीशलाई भेट्ने कुरा भयो । प्रधानन्यायाधीशसँग न्यायपालिका र वहाँबारे उठेका प्रश्नहरुबारे सोध्ने छौँ । उहाँको प्रतिक्रिया हेरेर थप कदम चाल्नेबारे निर्णय हुन्छ,’ ती स्रोतले रातोपाटीसँग भन्यो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ​फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठकमा जुटेका थिए । न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ ।

यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार