राष्ट्रियसभा निर्वाचनको मिति छिट्टै तोक्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताउनुभएको छ। सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताउनुभएको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ । प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार