सुदूरपश्चिमका कुनै पनि वडामा अधिवेशन भएको छैन : भीम रावल

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन नभएको बताउनुभएको छ । उपाध्यक्ष रावलले वडा अधिवेशनको विवरण आफूलाई प्राप्त नभएको बताउनुभयो। ‘वडा अधिवेशनको विवरण प्राप्त भएको छैन। सुदूरपश्चिममा कहीँ पनि वडा अधिवेशन भएको छैन,’उहाँले भन्नुभयो,’कर्णालीको पनि कतिपय ठाउँमा भएको छैन।

कतिपय ठाउँमा पनि भएको छैन भन्ने सुनेको छु। तर सबै सूचना के हो, कसो हो प्राप्त भएको छैन।’एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने ६ हजार ७४३ वडामध्ये ६ हजारभन्दा बढी वडामा अधिवेशन भएको बताउनुभयो। ‘सुदूरपश्चिमका सबै वडामा अधिवेशन भएको छैन भन्नु गलत हो। बाढी प्रभावित कतिपय ठाउँमा वडा अधिवेशन भएको छैन,’उहाँले भन्नुभयो,’देशभरिको सूचना संकलन गरिरहेका छौं। ६ हजारभन्दा धेरै वडामा अधिवेशन भइसकेको छ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार