भीम रावलले किन वडा अधिवेशन भएको छैन भन्नुभयो, म सोध्छु:ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका जिल्लामा पनि पार्टीले वडा अधिवेशन गरेको बताउनुभएको छ । उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन भएको जानकारी नआएको बताएपछि प्रतिक्रिया दिँदै ओलीले अधिवेशनहरू भइरहेको बताउनुभयो।

एमालेले कात्तिक ६ गते वडा अधिवेशन राखेको थियो। छ हजारभन्दा बढी वडामा अधिवेशन सकिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभए पनि रावलले भने सुदूरपश्चिममा वडा अधिवेशन भएको जानकारी नआएको बताउनुभएको थियो । सुदूरपश्चिममा वडा अधिवेशन नै नभएको भन्ने रावलको भनाइबारे आज मोरङमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अधिवेशन भएको बताउनुभयो।

‘उहाँ (भीम रावल) ले किन त्यस्तो भन्नुभयो, म काठमाडौं गएर सोध्छु,’ ओलीले भन्नुभयो । उपाध्यक्ष रावलले सोमबार सुदूरपश्चिमका कुनै पनि जिल्लाका वडामा अधिवेशन नभएको बताउनुभएको थियो । तर कार्यालय सचिव तामाङले भने छ हजारभन्दा बढी वडामा अधिवेशन भइसकेको बताउनुभएको थियो । एमालेले आज पालिका अधिवेशन गर्दैछ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार