प्रधानन्यायाधीशको राजीनामाबारे एमाले तथस्ट बस्छ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको राजीनामाका विषयमा एमाले तथस्ट बस्ने बताउनुभएको छ। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानन्यायाधीशको राजीनामा सम्बन्धमा कतैपट्टी पनि पक्षधरता नदेखाउने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने र नपर्ने विषयमा एमाले कतैपट्टी पनि पक्षधरता देखाउँदैन।’ ओलीले सर्वोच्च अदालतका नाममा राजनीति भइरहेको टिप्पणी गर्नुभयो। सर्बोच्च अदालत भित्र परमादेश अघि देखि नै अशोभनिय गुटबन्धी र राजनिती भइरहेको उहाँले बताउनुभयो। ओलीले न्यायलय प्रधानन्यायाधीशको इच्छाबमोजिम नभई संविधान बमोजिम चल्नुपर्नेमा जोड दिनुभयो।

‘ न्यायदलयले संविधान कार्यान्वयन गर्नेकी प्रधानन्यायाधीशको इच्छा पूर्ति गर्नेरु’ उहाँले भन्नुभयो ‘अदालत भित्र अशोभनिय गुटबन्धी गर्ने नभई संविधान अनुसार न्ययालय चल्नुपर्छ।’ न्यायलय लोकतन्त्रको स्तम्भ भएकाले निक्ष्पक्ष, स्वतन्त्र र शक्ती पृथकिकरणको सिद्धान्त अनुसार न्यायलय चल्नुपर्छ। कानुन अनुसार पार्टीले कारबाही गरेर निश्काशित गरिसकेका ग्रैर सांसद बैठकमा उपस्थित हुन्जेल संसद अवरोध जारी रहने बताउनुभयो।

ओलीले भन्नुभयो ‘संसद नियमावलीले कोही पनि गैर सांसदलाई राखेर प्रतिनिधिसभा चलाउन पाईदैन भनेर स्पष्ट व्यवस्था गरेकाले गैर सांसद उपस्थित हुन्जेल सभामा अवरोध जारी रहन्छ।’ ओलीले सभामुखले संसदमा पक्षपातपूर्ण व्यवहार गरिरहेकोसमेत आरोप लगाउनुभएको छ। सभामुखले कुनै दलको मतियार बनेर एमाले विरोधी गतिविधि गरिरहेको उहाँले बताउनुभयो।

‘कुनै दलका एकजना सांसद मात्रै उभिदा पनि संसद बैठक स्थगित गर्ने तर, सबैभन्दा ठूलो दल नेकपा एमालेका सबै सांसदले बिरोध गरिरहंदा देखेको नदेखेझैगरी झ्यालबाट छिरेर संसद चलाउनुले सभामुख एमाले विरोधी गिरोहको मतियार बनिरहनुभएको छ।’ओलीले अहिलेको गठबन्धनको काम राजनीतिक प्रणाली माथि प्राहार गर्ने भएकाले सिस्टममाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाउनुभयो। ओलीले गठबन्धनको सरकारले कुनै पनि सकारात्मक काम गर्न नसकेको टिप्पणी गर्नुभयो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार