
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
एमालेको स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै ओलीले भन्नुभयो, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ रु पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?’
सर्वोच्च अदालतमा अहिले तमासा देखिएको भन्दै ओलीले न्यायाधीशहरु आफ्नो कमजोरी आफैं उधिन्न थालेको टिप्पणी गरे । ‘श्रीमान न्यायाधीश कसले के के गरेको थियो । अलिकति उधिन्न थाल्नुभएको छ’ उहाँले भन्नुभयो ।
न्यायाधीशहरुले अहिले सर्वोच्च अदालतको मानमर्दन गरिरहेको ओलीले टिप्पणी गर्नुभयो। ‘के न्यायालयप्रति न्याय पाइन्छ भन्ने विश्वास छ रु’ उहाँले प्रश्न गर्नुभयो, ‘जनतालाई मर्का परेको विषय पेन्डिङमै छ । नक्कली मुद्दा खडा गरेर अदालतलाई राजनीतिको केन्द्र बनाने काम भइरहेको छ ।अनलाइनखबरबाट