प्रधानन्यायाधीश जबराले हेर्न थाले मुद्दा

काठमाडौं । आफ्नो राजीनामा माग गर्दै न्यायाधीशले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफैं भने इजलासमा बसेका छन् ।आफ्नो एकल इजलास राखेका उनले पाँचवटा मुद्दामा आदेश दिएका छन् ।

उनले अदालतको अपपहेलना, बन्दी प्रत्यक्षकीकरण र कालाबजार तथा कन्य केही कसर सम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् ।उनले सोमबार र मंगलबार अरु न्यायाधीशको राखे पनि आफ्नो इजलास राखेका थिएनन् । तर लगतारमा छलफलमा जुटेका अरु न्यायाधीशले मुद्दा नहेर्नुका साथै राजीनामा दिएपछि जबराले आफैं इजलास राखेर मुद्दा हेर्न थालेका हुन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार