प्रधानन्यायाधीशले निकास दिनुपर्छ : पौडेल

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक सातादेखि सर्वोच्चअदालतमा बेन्च बस्न नसक्दा निमुखाले न्याय नपाउने अवस्था आएको भन्दै न्यायालयको नेतृत्वले निकास दिनुपर्ने बताउनुभएको छ ।

अदालतको गरिमा र स्वच्छतालाई बचाउन इजलासबाटै भएको अवज्ञा अब न्यायालयको मात्रै नभई आम जनताको विषय बनेको भन्दै स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको वकालत गर्ने दलहरुले अबको निकास खोज्नुपर्ने पौडेलको भनाइ छ । ‘न्यायालयभित्रको विषय अब जनताको विषय बनेको छ । मन फाँटेका सँग बसेर न्यायालय अब कसरी चल्छ ? एउटा पूर्व, अर्को पश्चिमतिर फर्केर बस्ने अवस्थाको अन्त्य कसरी गर्ने ? ख्यालखाल गर्दागर्दै आज न्यायालय यो अवस्थामा आइपुग्नु दुस्खद छ,’

पौडेलले भन्नुभयो, ‘अब न्यायालयको नेतृत्वले निकास दिनुपर्छ । हामी दलहरु आपसमा बाझाबाझ गर्दा निकास दिन नसकेर अदालतले निकास दिन परेको थियो, अहिले अदालत अप्ठ्यारोमा पर्दा राजनीतिक दलहरुले आँट गरेर निकास दिन सक्नुपर्छ ।’पौडेलले अप्रत्यक्ष रुपमा प्रधानन्यायाधीश जबराले निकास दिएर न्यायालय बचाउन र आम जनताको न्याय मर्न नदिने आग्रह गर्नुभयो ।

यता कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलसँग छलफल गरेर अदालतको विषयमा साझा धारणा ल्याउने बताउनुभएको छ। पार्टीका नेता तथा सांसदहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयभित्रको समस्या त्यहीँको नेतृत्वले मिलाउनु पर्ने, मिलाउन नसके बाटो छाड्न उचित हुने भनाइ राख्दै आउनुभएको छ। ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार