सल्यानमा देवरको हत्या आरोपमा भाउजू पक्राउ

दाङ । सल्यानमा देवरको हत्या गरेको आरोपमा दुई भाउजू पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेल छन्। सारदा नगरपालिका वडा नम्बर–५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको शुक्रबार हत्या भएको थियो।

हत्यापछि शव आधा जलाएको अवस्थामा शुक्रबार फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताउनुभयो । ‘दुई भाउजू मिलेर मध्यरातमा बञ्चरो प्रहार गरी देवरको हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी खड्काले भन्नुभयो, ‘हत्या अभियुक्त दुबै महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’ सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

गाउँपालिकाका वडा सचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । ५३ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नुवाकोटका एक वडासचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडासचिवसहित तीन जनाविरूद्ध…

thumbnail

अमेरिकन ब्राण्डको ‘थ्रीएम’ नक्कली मास्क बजारमा, चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकन ब्राण्ड ‘थ्री एम’ का नक्कली मास्क बिक्री वितरण गरेको पाइएको छ । नक्कली ब्राण्डका मास्क विक्री गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिपुरेश्वरस्थित महालक्ष्मी…

thumbnail

बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

मोरङ । मोरङमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर…