माओवादी केन्द्र भुरुङ–तातोपानीको अध्यक्षमा पुन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, मा शुक्रबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले रेशम पुनको अध्यक्षतामा माओवादी केन्द्रको वडा कमिटी सर्बसम्मत चयन गरेको छ । ३ सदस्य पछि थप गर्ने गरी गठन भएको ३५ सदस्यीय कमिटीको उपाध्यक्षमा आशिष सिर्पाली, सचिबमा चन्द्रकुमार फगामी र कोषाध्यक्षमा अनिता सुनार चयन हुनुभएको छ ।

यसैगरी टकबहादुर पुर्जाको वाइसीएलको वडा कमिटी गठन भएको छ । वडा अधिबेशनमा माओवादी केन्द्र म्याग्दीका सदस्य तथा भुरुङ तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले गणतन्त्र, संघीयता, समावेशी ब्यवस्था माओवादी आन्दोलनका उपलब्धी भएको बताउनुभयो ।

संघीय ब्यवस्थाले समानुपातिक बिकास, समावेशी ब्यवस्थाले पछाडि परेका महिला, दलित, जनजातीले अवसर पाएका उहाँले बताउनुभयो । भुरुङ्ग तातोपानीका बिकास आयोजना र कार्यक्रम कार्यान्वयनमा अन्नपूर्ण गाउँपालिकाकै नमुनाको रुपमा स्थापित गराएको समेत उहाँले बताउनुभयो ।

दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश सदस्य बिरबहादुर पौडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रममा दिनेश बिकको नेतृत्वमा नेपाली काँग्रेसका पाँच जना माओवादीमा प्रवेश गर्नुभएको थियो ।पुर्ब गाबिस अध्यक्ष तथा माओवादी केन्द्रका जेष्ठ सदस्य रेशमबहादुर गर्बुजाको अध्यक्षता, वडा कमिटीका संयोजक इन्द्र थापाको सञ्चालन र कार्यपालिका सदस्य तथा माओवादीका महिला नेता बिष्णुकुमारी दमैको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार