यात्रुवाहक रेलमा चक्कु आक्रमण, १७ जना घाइते

एजेन्सी । जापानमा जोकरको पोसाक लगाएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन् । चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन् । आक्रमणपछि आक्रमणकारीले बसभित्र तेल खन्याएर आगो लगाएका थिए ।

आक्रमणपछि बसभित्र यात्रुहरुको भागदौड मच्चिएको थियो । आक्रमणकारी घटनास्थलमै पक्राउ परेका थिए । सामुहिक नरसंहार गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान सुरु भएको छ । चक्कु आक्रमणका एक घाइतेको अवस्था गम्भीर छ ।कोयुरो स्टेशननजिकको रेलभित्र आक्रमण भएको टोकियो प्रहरीले जनाएको छ ।

रेलमा आगो लाग्न थालेपछि तत्कालै अग्नि नियन्त्रक, प्रहरी अधिकारीले यात्रुहरुको उद्दार गरेका थिए । एक यात्रु शरिरमा लागेको आगोसहित रेलबाट बाहिर दौडिएका थिए । आक्रमणकारीले प्याजी रंगको सुट र हरियो कमिज लगाएका थिए । सुरुमा उनी भलाद्मी बनेर एउटा खाली सिटमा बसेका थिए । बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार