मनाङको स्याउबारीमा राष्ट्रपति भण्डारी

मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी हिमाली जिल्ला मनाङ जानुभएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले सञ्चालनमा ल्याएको स्याउ बगैंचा अवलोकन भ्रमणका लागि उनी सोमबार बिहान मनाङ जानुभएको हो । हेलिकप्टरमार्फत सोमबार बिहान सवा ९ बजेतिर मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित स्याउ बगैंचामा आएकी राष्ट्रपति भण्डारीले स्याउ बगैंचाको भ्रमण गर्नुभएको छ ।

प्रतिनिधिसभामा मनाङबाट निर्वाचित एमाले सांसद पोल्देन छोपाङ गुरुङले स्थापना गरेको दक्षिण एसियाकै सबैभन्दा ठूलो मानिएको स्याउ बगैंचमा राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको हो । उहाँलाई पोल्देन छोपाङका परिवार, संविधान सभा सदस्य (पूर्व सांसद) डा. भीष्मनाथ अधिकारी, पोल्देनका भाइ त्रिपल पी गुरुङ, जनप्रतिनिधि, स्थानीयलगायतले स्वागत गरे ।

पोल्देन छोपाङ गुरुङ साथै स्याउ बगैंचा र यसको प्रविधिबारे एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङले जानकारी गराउनुभयो । स्याउ टिपिसकेपछिको यसको ग्रेडिङ, प्रशोधनलगायतबारे एग्रो मनाङका अध्यक्ष समराज गुरुङले जानकारी गराउनुभएको थियो। एग्रो मनाङ प्रालिले विगत ६ वर्षदेखि ७ सय ३५ रोपनी क्षेत्रफलमा इटली र सर्भियाबाट बेर्ना ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत उन्नत जातको स्याउ खेती गर्दै आएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार