तंग्रिदै रुप्से झरना

बेनी । पछिल्लो समय म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित रुप्से झरनामा पर्यटकको घुँइचो लाग्न थालेको छ । दुई वर्षयता कोरोनाका कारण पर्यटन याममा समेत सुनसान जस्तै रहेको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने यो झरनामा पर्यटकहरुको आगमन बढेको छ । मुस्ताङ भ्रमणमा आउने प्राय सबै पर्यटकहरुले रुप्से झरनामा समेत समय बिताउने गरेका छन् ।

मोटरसाईकल र निजी सवारी सवारी तथा भाडाका सवारी साधन हुँदै मुस्ताङ आउने जाने पर्यटकहरुको रोजाईमा रुप्से पनि पर्ने गरेको छ । गत बर्ष आएको बाढी र पहिरोले झरना नजीकका पर्यटकीय पूर्वाधार बगाएको थियो ।बाढी र पहिरोको कारण पर्यटकीय केन्द्र झरनाको रुप फेरिएको छ । अग्लो पहाडबाट खस्ने यस झरनामा पर्यटकहरुले तस्बिर खिचाउने र टिकटक बनाउने गरेका छन् ।वि.सं‍‍. १९७५ सालमा ७५ पैसाको हुलाक टिकटमा यो झरनाको फोटो टाँसिएको थियो।  तस्बिर : म्याग्दी न्युज डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार