कर्णालीको नेतृत्व सम्हाल्दै जीवनबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व आजबाट फेरिँदै छ । कर्णाली प्रदेशका मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले सोमबार साँझ राजीनामा दिएपछि अब नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णालीको नेतृत्व सम्हाल्ने निश्चित भएको हो ।

शाहीले आजै प्रदेश प्रमुख कार्यालयमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा दाबी गर्दैछन् ।यसअघि आधा आधा समय सत्ता नेतृत्व गर्ने सहमति भएअनुसार नै महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको हो । उहाँले केहीअघिसम्म आफूले सत्ता नछाड्ने बताउँदै आउनुभएको थियो । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल यसअघि भएका सहमति कार्यान्वयन गर्न निर्देशन दिएपछि उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

प्रदेश प्रमुख कार्यालयले उहाँको राजीनामा आएसँगै बहुमत पुग्ने दललाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आज साँझ ७ः३० बजेसम्मको समय दिएको छ । यसअघि सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेमा विभाजित भएपछि महेन्द्रबहादुर शाही ३ फागुनमा मुख्यमन्त्री बन्नुभएको थियो ।

त्यतिबेला माओवादी केन्द्रले कांग्रेससँग आधाआधा समय नेतृत्व गर्ने सहमति गरेको थियो । ३ फागुन २०७४ मा मुख्यमन्त्री बनेका शाहीले नेकपा विभाजित भएपछि ३ वैशाखमा विश्वासको मत लिनुभएको थियो।उहाँले विश्वासको मत लिँदा नेपाली कांग्रेसले साथ दिएपछि कांग्रेस सरकारमा पनि समावेश भएको थियो । कांग्रेसका २ जनाले प्रदेशका दुई मन्त्रालय सम्हालेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार