पत्रकार खत्री सम्मानित

बेनी । म्याग्दीमा क्रियाशील पत्रकार धिरन खत्री सम्मानित हुनुभएको छ । प्रेस सेन्टर नेपाल म्याग्दीको चौँथो जिल्ला सम्मेलनको अवसरमा ‘कृष्ण सेन–मदन स्मृति’ पुरस्कारबाट कृयाशिल पत्रकार खत्री सम्मानित हुनुभएको हो ।

पत्रकार खत्रीलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दोसल्ला ओढाएर,प्रमाणपत्र र सात हजार रुपैयाँले सम्मान गर्नुभएको हो । सम्मानित हुनुभएका पत्रकार खत्री एभिन्युज टेलिभिजन,कारोबार दैनिकको म्याग्दी संवाददाता र जिल्लामा समृद्ध साप्ताहिक ,कोरला पोष्ट र म्याग्दी अनलाईनमा कार्यरत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार