बाढीपहिरो पीडित क्षेत्रको निरीक्षणमा कार्यवाहक प्रधानमन्त्री खाँण

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँण बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि पूर्वका जिल्लाहरुमा पुग्नुभएको छ ।नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बिहानै धनकुटाको ६ नं. बुधबारे पुगेका खाँणले त्यहाँ बाढीपहिरोले पुर्‍याएको क्षतिको अवलोकनसँगै कांग्रेस नेता कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएको छ ।

त्यसपछि उनले पाँचथरको तुम्बेवा गाउँपालिकाको मौवा र मिक्लाजुङ्ग गाउँपालिकाको चिसापानी, पञ्‍चमी लगायत क्षेत्रमा पुग्ने कार्यक्रम छ । साताअघिको बेमौसमी वर्षाले पूर्वका पाँचथर, इलाम, धनकुटा लगायत जिल्लामा बाढीपहिरोका कारण जनधनको क्षति भएको थियो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सो क्षेत्रको अवलोकन गर्नुभएको थियो ।ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार