काठमाडौं उपत्यकाबाट तिहारमा घर जाने यात्रुलाई सडकमै कोरोनाविरुद्धको खोप

काठमाडौँ । तिहार मनाउन घर जान लागेका यात्रुलाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको हो।

मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ। यी चार स्थानमा आज बिहानदेखि नै खोप कार्यक्रम सुरु गरिएको छ। आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ। भेरोसिल र एस्ट्राजेनेका खोप नि:शुल्क लगाइने मन्त्रालयले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार