विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं : मुख्यमन्त्री राजेन्द्र राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने बताउनुभएको छ। मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिने त्यसपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभएको हो ।

आफूले आगामी २५–२६ गतेसम्ममा विश्वासको मत लिने उहाँले बताउनुभयो । ‘पहिले हामी विश्वासको मत लिने काम गर्छौं, त्यसपछि कामको आवश्यकताको हिसाबले, गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रालयको संख्या बढाउनुपर्नेछ’ उहाँले भन्नुभयो ।

यस्तै उनले अब प्रदेश सरकारले अर्को बजेट ल्याउने वा नल्याउनेबारे सत्तारुढ गठबन्धन र मन्त्रिपरिषदमा छलफल हुने बताउनुभयो । योजना छनोटमा भूमिका नभएकाले सांसदहरु निरीहजस्तो देखिएको भन्दै त्यसलाई सम्बोधन गर्ने उहाँको भनाई छ ।

यस्तै उनले मुख्यमन्त्री राईले प्रदेशको नामकरण टुंगो लगाउने प्राथमिकतामा रहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले राम्रो गर्ने, नराम्रो नगर्ने र नाम राख्ने प्राथमिकतामा रहेको बताउनुभयो । ‘राम्रो गर्ने, नराम्रो नगर्ने, नाम राख्ने, काम गर्ने प्राथमिकता हो,’ उहाँले भन्नुभयो, ‘प्रदेशले नाम पाउन सकेका छैन । त्यो हामी दिन्छौं ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार