ओलीले १० भाइलाई लखेट्न थाले : चौधरी

रुपन्देही । संघीय सांसद तथा नेकपा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेशका संयोजक मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको साथ छाडेर पार्टीमा बसेका १० भाइलाई लखेट्ने काम गरेको आरोप लगाउनुभएको छ ।

बुधबार भैरहवामा आयोजित पत्रकार भेटघाटमा चौधरीले घनश्याम भुसाल लगायतका नेताहरु बाटो बिराएर ओलीको पार्टीतिर बताउँदै अहिले ओलीले ती १० भाइलाई लखेट्ने काम गरेको बताउनुभयो ।ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको भन्दै चौधरीले ओलीबाहेक देशभरका कम्युनिष्टको साझा विचार रहेको दाबी गर्नुभयो । ओलीको दम्भलाई शून्यमा झार्न पनि संगठिन हुनुपर्ने खाँचो उहाँले औंल्याउनुभयो ।

उहाँले डुब्न थालेको कम्युनिष्ट आन्दोलनलाई उत्साहित पार्न एकीकृत समाजवादी पार्टी जन्मिएको बताउनुभयो । २०१५ सालदेखि २०७४ सम्म विभिन्न निर्वाचनमा कम्युनिष्टले नेतृत्व गर्दै आएको तर क्षमतावृद्धि गर्न नसकेकाले आफ्नो पार्टी खडा भएको उहाँको भनाइ छ ।नेपालमा कम्युनिस्ट पार्टीसँग दुई तिहाइको बहुमत हुँदाहुँदै पनि कम्युनिस्ट पार्टीमा ओलीवाद हाबी भएका कारण सरकार परिवर्तन भएको उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार