एमालेले १०औं महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबोलाउने

काठमाडौं । नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ ।

एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् । ‘हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं,’ भट्टराईले भन्नुभयो ‘राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई हामीले बोलाउँदैनौ ।’

उनले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताउनुभयो । एमालेमै रहने निर्णय गर्नुअघि उहाँ एमालेका तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा हुनुहुन्थ्यो । गैर सांसदहरु रहेको दललाई संसदमा प्रवेश दिएको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ। एमालेको अबरोधकै बीचमा संसदको बर्खे अधिवेशन अन्त्य भइसकेको छ । एमालेले पार्टीको १०औं महाधिवेशनमा मुलुकका विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार